हेमजा । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाँचौं हेमजा हिलो महोत्सव– २०८२ सम्पन्न गरेको छ ।
आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा पाकादेखि युवा, केटाकेटीसम्म रमाइलो गरे । अन्नपूर्ण, माछापुच्छ्रे साथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो ।
करिब ११ बजे स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभा यात्रामा सहभागी हुँदै देवीस्थान मार्ग हुँदै मिलनचोक परिक्रमा गरी महोत्सव स्थलमा पुगे । महोत्सव स्थल ध्वजापताका र सहयोगदाताका ब्यानरबाट सिँगारिएको थियो । विगत वर्षको तुलनामा निकै फरक र व्यवस्थित देखियो ।
महोत्सवमा समाजले हिले दौड, रस्साकस्सी , झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूहबीच असारे भाका, तथा माछा समाउने लगायतका प्रतियोगिता सम्पन्न गरेको छ ।
महोत्सवलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हेमजामा विभिन्न समयमा हुने अन्य महोत्सव जसरी नै हिले महोत्सव जोडिएको र आफ्नो छुटै मौलिकता महत्त्व रहेको बताए ।
साथै, पोखरा महानगरले हिले महोत्सवलाई विशेष प्राथमिकतामा राखेर सहयोग गर्दै आएको समेत उल्लेख गरे ।
कार्यक्रम कृषि निर्देशनालय वरिष्ठ कृषि प्रसार अधिकृत अर्जुन देव ज्ञवालीले निर्देशनालयलाई पनि कार्यक्रममा सहकार्य गर्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिए । यस्ता कार्यक्रमले हाम्रो नेपाली समाजको आफ्नो मौलिकता, पहिचान बोकेको हुँदा निरन्तरता दिनुपर्ने र आगामि दिनमा पनि सहकार्य गर्ने आशय व्यक्त गरे ।
विष्णु पादुका धार्मिक क्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा देवीस्थान सेवा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले युवा पुस्ताको सक्रियतामा आफ्नो रीतिरिवाज, परम्परागत संस्कार संकृतिको जर्गेना गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुनु हाम्रो समाजका लागि गर्वको विषय रहेको बताए । संस्कार संकृतिको युवामा पुस्तान्तरण आजको आवश्यकता रहेको बताए ।
महोत्सव अन्तर्गत भएको झाँकी र्यालीतर्फ देवीस्थान आमा समूह प्रथम, देवीस्थान भजन समूह दोस्रो तथा चापाघाट आमा समूह तेस्रो भए।
त्यस्तै, ४० वर्षमाथिको पुरुष हिले दौड तर्फ ईश्वर सापकोटा पहिलो तथा वसन्त सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ रमा भण्डारी पहिलो साथै कल्पना भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोख्रेलले जानकारी दिइन् ।
त्यस्तै, विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा विष्णुपादुका मा.वि पहिलो, हेमजा बेडिङ दोस्रो भयो । हिले दौड खुल्लामामा सागर नेपाली प्रथम तथा अभियान तिम्सिना दोस्रो भए।
त्यसैगरी, रस्साकस्सी प्रतिस्पर्धामा सुन्दर पुरी युवा समूह पहिलो तथा सिमपानी दाजुभाई दोस्रो, बच्चा दौडमा वसन्त रसाइली प्रथम हुन सफल भए।
हलगोरु दौडमा हरी परियार प्रथम, रोशन परिवार दोस्रो भए । रस्साकस्सी महिलातर्फ प्रथम र विश्वकर्मा आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा दहरे देउराली आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो साथै माछा समाउनेमा सरू परियार प्रथम र विवेक वि.क दोस्रो भएको आयोजकले जानकारी दिएको छ।
कृषिमा कृषकलाई प्रोत्साहन विष्णु पादुका मन्दिर हेमजाको सान नाराकारसाथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएको हो।
कार्यक्रममा हेमजाका कृषक डिल्लीनाथ अधिकारी, सीता तिम्सिना, र गोविन्द तिम्सिना उत्कृष्ट किसानबाट सम्मानित भएका थिए । साथै, हेमजाका विद्यालय मध्येबाट २०८१ को एसइइ मा ४ जिपिएका साथ उत्कृष्ट नतिजा ल्याउन सफल स्नो भ्यु सेकेन्डरी स्कुलका अंकित थापा पनि सम्मानित भए । हालै, सम्पन्न मानव सेवा फाउन्डेसन नेपाल द्धारा आयोजित ऐतिहासिक श्री गण्डकी ज्ञान कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ मा आयोजित कोटिहोममा देशै भरीका तीन सय भन्दा बढी भजन प्रतियोगीहरूबीच हेमजाबाट प्रथम भएको देविस्थान भजन समुह, द्वितीय माछापुच्छ्रे सेवा समाज र उत्कृष्ट शब्द चयनको स्थान हासिल गर्न सफल मातृकेश्वर भजन समूहलाई भजन मार्फत् हेमजालाई चिनाउन महत्त्वपूर्ण भूमिका रहेको भन्दै सम्मान गरियो ।
महोत्सव देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कार्यक्रम संयोजक चन्द्रकला पोख्रेलले र सञ्चालन सचिव पुष्पराज तिम्सिनाले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो