पोखरा । बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोखरा ३१ बेगनासमा रहेको यस सामुदायिक विद्यालयबाट राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको एसईई (क्भ्भ्) परिक्षा २०८१ मा सहभागी भएका सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रच्न सफल भएको छ ।
यस विद्यालयबाट शैक्षिक बर्ष २०८१ को एसईई परिक्षमा सहभागी भएका नियमित तर्फका १६ जना र ग्रेड वृद्धि तर्फका १ जना विद्यार्थी राम्रो जीपिए सहित उत्तीर्ण भएपछि विद्यालयले नयाँ इतिहास रचेको प्रधानध्यापक शिबराज अधिकारीले बताए ।
जसमध्ये ३.६ देखि ४.० जिपिए अर्थात A+ ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए अर्थात A ल्याउने ८ जना र २.८ देखि ३.२ जिपिए अर्थात B+ ल्याउने ३ जना विद्यार्थी सहित १६ जना र एक जना ग्रेड वृद्धिमा सहभागी विद्यार्थी पनि राम्रो ग्रेडका साथ उत्तीर्ण भएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।
राम्रो नतिजा सहित सत प्रतिशत बिद्यार्थी उत्तिर्ण भएर नयाँ इतिहास रच्न सफल भएकोमा खुसी व्यक्त गर्दै बिद्यालयले सम्पूर्ण विद्यार्थीहरू, शिक्षक एवं कर्मचारीहरू, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, भू.पू विद्यार्थी मञ्च परिवार, अभिभावक तथा शुभचिन्तकहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैमा कृतज्ञता प्रकट गरेको छ ।
यो नतिजाले सामुदायिक र संस्थागत विद्यालय विचमा जनमानसमा रहेको अविश्वासको खाडललाइ पुर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास ब्यक्त गरेको छ । यो नतिजा विद्यालयको मात्र नभई समग्र बेगनास र यस विद्यालयमा अध्ययन गरेका भू.पू. विद्यार्थीहरू एवं सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पनि गर्वको विषय बनेको विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो