बेगनासको आनन्द ज्योति माविबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तीर्ण

बेगनासको आनन्द ज्योति माविबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तीर्ण

st

पोखरा । बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोखरा ३१ बेगनासमा रहेको यस सामुदायिक विद्यालयबाट राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको एसईई (क्भ्भ्) परिक्षा २०८१ मा सहभागी भएका सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रच्न सफल भएको छ ।

यस विद्यालयबाट शैक्षिक बर्ष २०८१ को एसईई परिक्षमा सहभागी भएका नियमित तर्फका १६ जना र ग्रेड वृद्धि तर्फका १ जना विद्यार्थी राम्रो जीपिए सहित उत्तीर्ण भएपछि विद्यालयले नयाँ इतिहास रचेको प्रधानध्यापक शिबराज अधिकारीले बताए ।

जसमध्ये ३.६ देखि ४.० जिपिए अर्थात A+ ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए अर्थात A ल्याउने ८ जना र २.८ देखि ३.२ जिपिए अर्थात B+ ल्याउने ३ जना विद्यार्थी सहित १६ जना र एक जना ग्रेड वृद्धिमा सहभागी विद्यार्थी पनि राम्रो ग्रेडका साथ उत्तीर्ण भएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

राम्रो नतिजा सहित सत प्रतिशत बिद्यार्थी उत्तिर्ण भएर नयाँ इतिहास रच्न सफल भएकोमा खुसी व्यक्त गर्दै बिद्यालयले सम्पूर्ण विद्यार्थीहरू, शिक्षक एवं कर्मचारीहरू, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, भू.पू विद्यार्थी मञ्च परिवार, अभिभावक तथा शुभचिन्तकहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैमा कृतज्ञता प्रकट गरेको छ ।

यो नतिजाले सामुदायिक र संस्थागत विद्यालय विचमा जनमानसमा रहेको अविश्वासको खाडललाइ पुर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास ब्यक्त गरेको छ । यो नतिजा विद्यालयको मात्र नभई समग्र बेगनास र यस विद्यालयमा अध्ययन गरेका भू.पू. विद्यार्थीहरू एवं सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पनि गर्वको विषय बनेको विद्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ