पोखरा । प्राध्यापक डा. रामप्रसाद दाहालको समीक्षा तथा सिर्जना कृति जोडिएका कुराको पोखरा लोकार्पण परिचर्चा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा सोमवार आयोजित जोडिएका कुरा परिचर्चा तथा रोपाइँ काव्य उत्सव समारोहका बीच दाहालको उक्त २१ औं कृतिको परिचर्चा गरिएको हो ।
बुद्ध जयन्तीका अवसरमा प्रकाशित कृतिको वरिष्ठ पत्रकारदेखि केन्द्र हुँदै पालिका तहका प्राज्ञहरूले संयुक्त लोकार्पणसहित परिचर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले स्रष्टा रामप्रसाद दाहाल शैक्षिक, आर्थिक, सामाजिक र साहित्यिक हरेक क्षेत्रमा सफल व्यक्ति एक व्यक्तित्व अनेक भएका प्रतिभाका रुपमा चिनाइन् । साथै बस्नेतले पोखराबाटै आफूले साहित्य साधनामा लाग्ने प्रेरणा पाएको स्मरणसमेत गरिन् ।
वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकले साहित्य लेखन सबैको विषय भएको बताउँदै रामप्रसाद दाहाललाई नलेखेर बस्नै नसक्ने स्रष्टाका रूपमा चिनाए । साथै उनले अनेसास गण्डकीले सम्पादन गरेका जति काम छन् ती सबै गुणात्मक रहेकोसमेत स्मरण गरे ।
कृति परिचर्चा गर्दै मुक्तक मञ्चकी केन्द्रीय अध्यक्ष अम्बिका भण्डारीले रामप्रसाद दाहालको व्यक्तित्व र कृतित्वलाई चिनाउने कृतिका रूपमा जोडिएका कुरा आएको बताइन् । साथै दाहालको व्यक्तित्वबारे प्रकाश पार्दै भण्डारीले फराकिलो सोच र विचारका कारण उनी सबैका प्रिय पात्र रहेको धारणा राखिन् ।
कृतिका स्रष्टा प्रा.डा. रामप्रसाद दाहालले पर्यटकीय राजधानी भनिएको पोखराको पर्यटनका बारेमा लेखिएका पुस्तकको खोजीमा दिन बितेको बताउँदै स्रष्टालाई त्यसतर्फ अगाडि बढ्न सुझाए । साथै, अनेसास गण्डकीले देखाएको सद्भाव र संस्थाबाट प्राप्त सम्मान आफूले राज्यबाट उच्च स्थान निर्धारण गरिएर प्राप्त गरेका सम्मानभन्दा ज्यादा महत्वको रहेको आफूलाई अनुभूत भएको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले अनेसास नेपाल च्याप्टरका सल्लाहकारको भूमिकामा रहेर मार्गनिर्देशन गर्ने दाहाल आफू मात्र नभएर हरेक सिर्जनशील मनलाई सिर्जनायात्रामा लाग्न प्रोत्साहित गर्ने प्रेरणाका श्रोत रहेको धारणा राखिन् ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले दाहालको जोडिएका कुरा कृति धेरै स्रष्टा साधक र साहित्यकारलाई चिनाउने कृति रहेको बताए ।
पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले रामप्रसाद दाहालको प्राध्यापक, व्यक्तित्व, बैङ्किङ्ग व्यक्तित्व, साहित्यिक तथा सामाजिक व्यक्तित्वका विविध पाटाबारे प्रकाश पारे ।
अनेसास गण्डकीका सहसचिव कल्याण पन्तले नेपाली भाषा, साहित्य, कला सिर्जनाको संरक्षणका साथै स्रष्टा साधकलाई अगाडि बढ्न र प्रोत्साहन गर्न अनेसास गण्डकी स्थापनाकालदेखि सदासर्वदा क्रियाशील रहँदै अगाडि बढेको बताए ।
रोपाइँ काव्य उत्सवमा स्रष्टा समाज पुम्दीभुम्दीका सल्लाहकार नवराज बराल निशान्त, निवृत्त शिक्ष समुदायका अध्यक्ष छविलाल आचार्य, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, वसन्त चालिसे, धर्मराज पौडेल अल्पायू, चन्द्रावती वाग्ले, गीता तिवारी गौतमलगायतले असार र रोपाइँसम्बन्धी काव्यवाचन गरे ।
अनेसास गण्डकीका महासचिव असफल गौतमले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’