पोखरा । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका संस्थापक केन्द्रीय सदस्य प्राडा रविलाल अधिकारीको ८१ औं जन्म जयन्तीको सन्दर्भमा महासंघ नेपाल गण्डकी प्रदेश समितिले सोमबार खुला कविता प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा महान त्यागी प्रथम, निकेश गिरी द्वितीय, रोशन तिमिल्सिना तृतीय र रमा खतिवडाले सान्त्वना पुरस्कार पाएको महासंघ नेपाल गण्डकी अध्यक्ष शंकरविरही गुरुङले जानकारी दिए ।
कविता प्रतियोगिता छनोट भएका उत्कृष्ट १५ कविले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः ११ हजार १ सय ११, ८ हजार ८ सय ८८, ६ हजार ६ सय ६६ र ४ हजार ४ सय ४४ सहित प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको निर्णायकमा निर्मल सापकोटा, दुर्गाबहादुर शाह ‘बाबा’ र छन्दिका त्रिपाठी थिए ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय प्रमुख धनञ्जय दवाडी, महासंघ नेपालका केन्द्रीय सचिव सुवास मल्ल, महासंघ नेपाल गण्डकी प्रदेशका सल्लाहकार मनकुमार श्रेष्ठ, प्राडा अधिकारीकी पत्नी सम्झनादेवी अधिकारी, महासंघ नेपाल गण्डकीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमराज अधिकारी, सचिव भूपेन बानियाँ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन