भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

explosion

पोखरा । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । करिब ३६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

सोमबार राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

घटनामा अझै २४ जना हराइरहेका र उनीहरुको खोजी भइरहेको छ ।

घटनाको समयमा कारखानामा रहेका ५७ जना सुरक्षित रहेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट अत्यन्त दुःखी भएको बताएका छन् ।

प्रधानमन्त्रीले ज्यान गुमाउनेका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ अनुग्रह सहायता उपलब्ध गराइने जानकारी पनि दिएका छन् ।

बिहार सरकारले पनि ज्यान गुमाउने बिहारका नागरिकलाई २–२ लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ