पोखरा । पोखराको सराङ्गकोट– १८, पँदेली स्थित श्री बाल प्रतिभा आवासीय माध्यमिक विद्यालयले विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८१ मा सहभागी भई उत्तीर्ण भएका वद्यिार्थीहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम गरी वद्यिार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै वडा सदस्य श्री मीना सि.केले विद्यालय स्थापना कालदेखि निरन्तर प्रगति गरिरहेको बताइन् । उनले विद्यार्थीहरूको सफलता सबैको मेहनतको परिणाम भएको बताउँदै सबै उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन् ।
संस्थापक प्राचार्य आत्म बहादुर थापाले विद्यालयले गाउँका बालबालिकालाई सहज, गुणस्तरीय शिक्षा दिंदै आएको बताए । उनले विद्यालयले उत्कृष्ट नतिजासहित शतप्रतिशन विद्यार्थी उत्तीर्ण हुनु गर्वको कुरा भएको उल्लेख गरे । “यो विद्यालय अहिले आवश्यक सबै सुविधासहित शिक्षामा उदाहरणीय बनेको छ ।” उनले भने, “विद्यालयकी छात्रा प्रकृति ढकालले ३.९७ GPA ल्याएर विद्यालय र वडा नं. १८ कै इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छिन्।, साथै सबै विद्यार्थीहरू उत्तीर्ण हुनु सम्पूर्ण बाल प्रतिभा परिवारका लागि गर्वको कुरा हो।”
कार्यक्रममा किड्स नेपाल मन्टेश्वरीका संस्थापक नारायण पहारी, KEF Secondary School का कोर्डिनेटर नविन अधिकारी “प्यासी” र सोही विद्यालयका शिक्षक ढाकाराम पौडेलले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले बाल प्रतिभा आवासीय मावि सुलभ शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सफल भएको धारण व्यक्त गरे ।
विद्यालयका निर्देशक तथा अध्यक्ष मिना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालय संयोजक अशोक शर्माले गरेका थिए भने स्वागत मन्तव्य कृष्मा थापाले राखेकी थिईन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन