नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने

नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने

Dumkibas-pool

नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबास विनयी खोलाको पुल भोलि (बिहीबार)देखि सञ्चालनमा आउने भएको छ ।

पुल निर्माणको काम सम्पन्न भएसँगै भोलिदेखि पुलबाट गाडी चल्ने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यसअघि पुरानो पुल गएको पुस अन्तिम हप्ता भत्किएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए ।

डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती भएको थियो ।

सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो पुल भोलि बिहान ११ बजेदेखि सञ्चालन गरिने छ ।

दाउन्ने क्षेत्रमासमेत सडक विस्तारको लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भैरहेको आयोजनाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ