लेखनाथ उद्योग वाणिज्य संघमा पोखरा महानगरपालिकाले कर सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
बुधवार महानगरपालिकाका राजश्व शाखाका अधिकृतद्वय आविष्कार पौडेल र शोभाकान्त पोखरेलले लेखनाथका उद्योगी व्यवसायीहरू माझ ‘कर सचेतना कार्यक्रम’ सम्पन्न गरेका हुन्।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी सहित स्थानीय व्यापारी गरी अन्दाजी ४ दर्जनको सहभागिता रहेको थियो।

सहभागीहरूले विज्ञापन कर, बहाल कर र व्यावसायिक करका लागि महानगरले व्यापारीहरूलाई मात्र दुःख दिने काम गरेको बताए। उनीहरूले ठुलो फोटो राखेर कम्पनीहरूले आफ्नो पसलमा बोर्ड राखिदिने तर महानगरले व्यापारीसँग कर माग्ने गरेको आरोप लगाए। महानगरले पोखरामा जस्तो ठुलो सहरमा कर सङ्कलनको ठुलो क्षेत्र बहाल कर उठाउन उदासीन बनेको भन्दै देशमै केही गर्छु भनेर सानो लगानी गरेर व्यवसाय सुरु गरेको व्यापारी माथि मात्र कर लाद्ने गरेको गुनासो गरे।
कतिपय घरबेटीले त घर बहाल कर तिर्न आफ्नो जिम्मेवारी नठान्दा भाडामा बसेका व्यवसायी स्वयंले नै घर बहाल कर तिर्ने गरेको सुनाए।

यस्तै कार्यक्रममा उपस्थित मध्येका निर्माण व्यवसायीले महानगरले लिँदै आएको राजश्व बढी भएको दुखेसो पोखे।
उपस्थित अधिकांशले महानगरले भूमि करका नाउँमा लिँदै आएको राजश्व बढी भएको र महानगरले अनुगमन नगरेको गुनासो गरे। उनीहरूले व्यावसायिक करलाई उद्योग वाणिज्य संघको समन्वयमा निर्धारण गर्न सुझाव दिए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहभागीले उठाएका समस्याबारे महानगरले चासो दिने विश्वास व्यक्त गरे। उनले करको दर भन्दा पनि दायरा विस्तारबारे सोच्नुपर्ने भन्दै महानगरले राखेको कर सचेतना कार्यक्रम उपलब्धिपूर्ण रहेको बताए।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?