लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम 

लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम 

व्यवसायीको गुनासै-गुनासो 

45

लेखनाथ उद्योग वाणिज्य संघमा पोखरा महानगरपालिकाले कर सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

बुधवार महानगरपालिकाका राजश्व शाखाका अधिकृतद्वय आविष्कार पौडेल र शोभाकान्त पोखरेलले लेखनाथका उद्योगी व्यवसायीहरू माझ ‘कर सचेतना कार्यक्रम’ सम्पन्न गरेका हुन्।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी सहित स्थानीय व्यापारी गरी अन्दाजी ४ दर्जनको सहभागिता रहेको थियो।

सहभागीहरूले विज्ञापन कर, बहाल कर र व्यावसायिक करका लागि महानगरले व्यापारीहरूलाई मात्र दुःख दिने काम गरेको बताए। उनीहरूले ठुलो फोटो राखेर कम्पनीहरूले आफ्नो पसलमा बोर्ड राखिदिने तर महानगरले व्यापारीसँग कर माग्ने गरेको आरोप लगाए। महानगरले पोखरामा जस्तो ठुलो सहरमा कर सङ्कलनको ठुलो क्षेत्र बहाल कर उठाउन उदासीन बनेको भन्दै देशमै केही गर्छु भनेर सानो लगानी गरेर व्यवसाय सुरु गरेको व्यापारी माथि मात्र कर लाद्ने गरेको गुनासो गरे।
कतिपय घरबेटीले त घर बहाल कर तिर्न आफ्नो जिम्मेवारी नठान्दा भाडामा बसेका व्यवसायी स्वयंले नै घर बहाल कर तिर्ने गरेको सुनाए।

यस्तै कार्यक्रममा उपस्थित मध्येका निर्माण व्यवसायीले महानगरले लिँदै आएको राजश्व बढी भएको दुखेसो पोखे।

उपस्थित अधिकांशले महानगरले भूमि करका नाउँमा लिँदै आएको राजश्व बढी भएको र महानगरले अनुगमन नगरेको गुनासो गरे। उनीहरूले व्यावसायिक करलाई उद्योग वाणिज्य संघको समन्वयमा निर्धारण गर्न सुझाव दिए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहभागीले उठाएका समस्याबारे महानगरले चासो दिने विश्वास व्यक्त गरे। उनले करको दर भन्दा पनि दायरा विस्तारबारे सोच्नुपर्ने भन्दै महानगरले राखेको कर सचेतना कार्यक्रम उपलब्धिपूर्ण रहेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ