भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन

भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन

bimochan

चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्त रुपमा विमोचन गरे ।

भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिए । उनले भने, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”

भरतपुर महानगरका भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताए ।

कृतिमा चितवन जिल्लाका कवि, लेखक, पत्रकार, समालोचक र अन्वेषकका विभिन्न सामग्रीहरू संग्रहित छन् ।

महानगर वाङ्मय कोशमा चितवनका कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने साहित्यकार, कलाकार, संगितकारहरुको चिनारी समावेश गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ