पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित हुँदा धनराज आचार्यलाई नेकपा एससँगै तत्कालीन गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रको समर्थन थियो । उपमेयरमा काँग्रेसकै उम्मेदवार हार्दा एकीकृत समाजवादीका आचार्यले भने जिते । अहिले उनलाई मत हालेेको प्रमुख दल काँग्रेस सहयात्री नै असन्तुष्ट देखिन्छ ।
शुक्रबार सार्वजनिक सुनुवाईमा नगरबासीले पनि भने ‘म त धनराज आचार्य इन्टिलिजेन्स मान्छेले जिते, पार्टीको दबाबमा काम गर्दैनन् भनेर खुशी भएको थिएँ । तर, कामै गरेनन्।’
पोखरा सभागृहमा मेयरकै अगाडि जनताले भने – ‘राजीनामा दिएर बसे हुन्छ । मूल्यांकन गर्दा त जिरो जिरो पर्सेन्ट काम, माखो मार्न सकेनन् । पहिलेका वडाध्यक्ष जति पनि काम गर्न सकेनन् । आजै अनुहार देखियो ।’

नागरिकको प्रश्नको कठघरामा उभिएका धनराज प्रश्नबाट विचलित देखिन्थे । विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई यही भारी बन्यो ।
महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागीहरुले मेयरले महानगरको आफ्नै कार्यालय भवन निर्माण गर्न नसकेर लाचारी देखाएकोदेखि सुगम क्षेत्रमा खाल्डाखुल्डीयुक्त सडक बनाएको भन्दै व्यङ्ग्य गरे ।
पोखरा–१८ का स्थानिय राजेश थापाले खाल्डाखुल्डी देख्नै नपर्ने प्रतिबद्दता जनाएपनि त्यो पूरा नभएकोप्रति कटाक्ष गरे । पोखरा–१८, २३ र २४ लाई जोड्ने लेकसाईड–पामे सडक नबनेकोप्रति व्यङ्ग्यात्मक शैलिमा उनले भने,‘खाल्डाखुल्डीयुक्त सडक निर्माण गरेकोमा धन्यवाद’, भन्ने अभियान नै चलायौं तैपनि सुनिएन र अहिलेपनि खाल्डाखुल्डी पुरिएका छैनन्, मेयर साब त्यो बाटो कहिले बन्छ ?
नागरिक अभियन्ता तथा नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले फेवाताल जलकुम्भी झार र फोहोरको टापुले कुरुप बन्दापनि महानगर के हेरेर बसेको छ ? भन्ने प्रश्न गरे ।

पत्रकार यदुनाथ बञ्जाराले बसपार्क बनाउन ओगटिएको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले ओगट्दापनि महानगरले बसपार्क बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाए ।
नगरवासीको गुनासामा पोखरा बसपार्क निर्माणमा ढिलासुस्ती, फिर्के मापदण्ड कार्यान्वयन र संरक्षण, पोखरा सभागृहको पुनर्निर्माण, फेवातालको सिमांकन, सेतीमा गिट्टी बालुवाको टेण्डरलगायत रहे । त्यस्तै, महानगरमा बेरुजुको आंकडा झनै उकालिएकोमा पनि नगरवासीले चिन्ता व्यक्त गरे । महानगरका सुगम वडाले बढी बजेट पाएको र टाढा एवं दूर्गम क्षेत्र समेटिएका वडामा कम बजेट परेको भन्दै असमान वितरण प्रणालीप्रति पनि नागरिकले गुनासो सुनाए ।
प्रश्नको जवाफ दिन उभिएका मेयर आचार्यले पोखरा बनाउन आफू १८ घण्टा लागिरहेको भन्दै थपे,‘मेसिनले झैं काम गरिरहेको छु । रिजल्ट देखिन्छ । केहि समय कुर्नुहोस् ।’ उनले पोखराको विकास निर्माणका लागि विभिन्न परियोजनामार्फत ३३ अर्ब भित्रिएर काम भइरहेको उल्लेख गरे ।
सम्बन्धित समाचारः
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु