पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय स्तरको कृष्ण भजन प्रतियोगिताको तयारी सुरु गरेको छ।
आगामी साउन ३१ गते श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने २६औं संस्करणको प्रतियोगितालाई सफल र व्यवस्थित बनाउन प्रतिष्ठानले पोखराका विभिन्न संघ संस्थासँग अन्तक्र्रिया एवं छलफललाई तीव्रता दिएको सचिव रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिए । शनिबार प्रतिष्ठानले बाटुलेचौरमा त्यस क्षेत्रका विभिन्न संघ संस्थासँग अन्तक्र्रिया गरि सुझाव संकलन गरेको छ। भेलामा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले राष्ट्रिय कृष्ण भजन प्रतियोगिता यस क्षेत्रको गौरव भएको बताउँदै, सबै मिलेर भव्य, सभ्य र भक्ति भावका साथ सफल पार्नु पर्नेमा जोड दिए । वडाध्यक्ष तिमिल्सिनाले शुक्लाका हरेक कार्यक्रम हाम्रा पहिचान र परिचय भएको भन्दै, यसले यस क्षेत्रको गरिमालाई उच्च बनाएको बताए ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा, पोखरा १९ का पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल, प्रतिष्ठानका मानार्थ सदस्य संस्कृतिकर्मी रामबहादुर बानियाँ, पुर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, पूर्व सल्लाहकार बेनी बहादुर बस्नेत, सल्लाहकार सुवास अधिकारी, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, पोखरा मन्टेश्वरीका निर्देशक थिर बहादुर थापा, बडहर बोट आमा समूहका उपाध्यक्ष गीता पौडेल लगायतले कृष्ण भजन प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोग रहनु पर्नेमा जोड दिए । प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले यस पटक विभिन्न उपसमिति थप गरी कार्य क्षेत्र पनि विस्तार गरिएको बताउँदै, विभिन्न उपसमितिले तयारी सुरु गरेको जानकारी दिए ।
शुक्ला साहित्य प्रतिष्ठान राष्ट्रिय कृष्ण भजन २०८२, महिला तथा सामाजिक संघ संस्था समन्वय उपसमितिका संयोजक शारदादेवी बस्नेतको संयोजकत्वमा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव रामप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
‘जहाँ संस्कृति, त्यहाँ साहित्य’ भन्ने मूल ध्येयका साथ प्रतिष्ठानले विगत २५ वर्षदेखि श्री कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण भजन प्रतियोगिता आयोजन गर्दै आएको छ ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो