पोखरा । हत्या आरोपमा दोषी ठहर भई फरार रहेका म्याग्दीका दुईजनालाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ।
म्याग्दी धौलागीरी गाउँपालिका वडा नं। ३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो।
म्याग्दीको धौलागिरी गाउँपालिका– ३ बस्ने ५० वर्षका दुर्गानारायण बुढा र सोही ठाउँ बस्ने ४९ वर्षका पर्सबहादुर बुढालाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।
२८ कात्तिक २०५७ मा हालको धौलागिरी गाउँपालिका– ३ बस्ने तत्काल २४ वर्षका गर्बे पाइजा मगरलाई घरको पिँढीमा बाँधी बन्चरो प्रहार गरी हत्या गरेको घटनामा दोषी ठहरिएका उनीहरु घटनाको २५ वर्षपछि पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पर्सबहादुरलाई जिल्ला अदालत म्याग्दीले २५ फागुन २०५९ र दुर्गा नारायणलाई २६ असोज २०६६ मा २० वर्ष कैद सजाय तोकेको थियो। उक्त समय देखि दुवैजना फरर रहँदै आएका थिए ।
उनीहरुलाई विशेष सूचनाको आधारमा हिजो आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले काठमाडौं तारकेश्वर नगरपालिका १ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय, म्यादी पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !