पोखरा। कास्की जिल्लामा अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निःशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुःखद पक्ष भएको बताए । प्रमुख पौडेलले २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने अनिवार्य तथा निःशुल्क शिक्षाको प्रावधान सफल रूपमा लागू गर्न सरोकारवाला सबैको सहयोग र सुझाव आवश्यक हुने उल्लेख गर्दै समन्वयका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले कास्कीका सबै पालिकामा योजनाबद्ध रूपमा सरकारको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्यले हालसम्म जिल्लामा गरिएको तयारी र आगामी दिनमा गर्नुपर्ने कार्य, साथै रणनीतिक योजना निर्माणका विषयमा जानकारी दिए । उनले चालू वर्षको अन्त्यसम्म योजना बनाएर कार्यान्वयनमा लैजान सबै पालिकाहरुलाई आग्रह गरे ।
कास्कीका जिसस उप प्रमुख सरिता मालले कार्य योजना मुताबिक काम गर्नु पर्ने भन्दै सबैको सहकार्यमा जोड दिए ।
कार्यक्रममा कास्कीस्थित राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रमुख तथा उपप्रमुख, शिक्षा महाशाखा तथा इकाइ प्रमुखहरू, शिक्षक तथा अभिभावक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सम्पन्न कार्यक्रम शाखा अधिकृत टंकराज पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रम जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ