पोखरा। कास्की जिल्लामा अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निःशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुःखद पक्ष भएको बताए । प्रमुख पौडेलले २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने अनिवार्य तथा निःशुल्क शिक्षाको प्रावधान सफल रूपमा लागू गर्न सरोकारवाला सबैको सहयोग र सुझाव आवश्यक हुने उल्लेख गर्दै समन्वयका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले कास्कीका सबै पालिकामा योजनाबद्ध रूपमा सरकारको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्यले हालसम्म जिल्लामा गरिएको तयारी र आगामी दिनमा गर्नुपर्ने कार्य, साथै रणनीतिक योजना निर्माणका विषयमा जानकारी दिए । उनले चालू वर्षको अन्त्यसम्म योजना बनाएर कार्यान्वयनमा लैजान सबै पालिकाहरुलाई आग्रह गरे ।
कास्कीका जिसस उप प्रमुख सरिता मालले कार्य योजना मुताबिक काम गर्नु पर्ने भन्दै सबैको सहकार्यमा जोड दिए ।
कार्यक्रममा कास्कीस्थित राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रमुख तथा उपप्रमुख, शिक्षा महाशाखा तथा इकाइ प्रमुखहरू, शिक्षक तथा अभिभावक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सम्पन्न कार्यक्रम शाखा अधिकृत टंकराज पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रम जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह