गगनकालिकाको १५ औं स्थापना दिवसमा रक्तदान

गगनकालिकाको १५ औं स्थापना दिवसमा रक्तदान

blood donetion 24

पोखरा । गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा मुख्य कार्यालय रहेको यस सहकारी पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा आफ्नो सेवा क्षेत्र बनाइ कृयाशिल रहँदै आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले रक्तदानको महत्वबारे प्रकाश पारे । वडामा भैरहेका विकास निर्माण लगायतका विषयमा उनले जानकारी गराए ।

कार्यक्रमका सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष किसान परियारले संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

सहकारीको सेवालाई समय सापेक्ष गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ मोवाइल बैंकिङ सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

सहकारीका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष मेघराज पौडेलले संस्था स्थापना यता भैरहेका कामको चर्चा गरे ।

सहकारीका अध्यक्ष किसान परियारको सभापतित्व एवम् कार्यबाहक सचिव गीता थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गरेका थिए भने सदस्य मनमाया पुनले सहकारीको सिद्धान्त वाचन गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, सदस्य भरत थापा, रक्तदाताका तर्फबाट रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारी संस्थाका अध्यक्ष निशा पौडेल, गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्तराज पौडेल लगायतले बोलेका थिए।

सहकारीका कुल ७४० शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड २६ लाख रुपैयाँ रहेको छ । सहकारीको कुल कारोबार १५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ