पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका– २५ को वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रा.लि को समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाईमा सहभागी नगारिकहरुले खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए । उक्त गुनासा र सुझावलाई पोखरमा महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष तिम्सिनासँग जनप्रतिनिधि, वडाका विषयगत प्रमुखहरूले संवोधन गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पछिल्लो समय वडामा भएको विकास निर्माणका कामलाई खुलेरै प्रशंसा व्यक्त गरेका थिए । आगामी दिनमा विकास निर्माण कार्यक्रममा असार मसान्त सम्म नकुरी चैत मासान्तमा नै सक्ने गरी काम गर्न सकेको खण्डमा अझै राम्रो हुने सुझाव दिएका थिए ।
त्यस अवसरमा जग्गा हालसाबिक, पुराना घर अभिलेखीकरण, सार्वजनिक सम्पत्ति, सिसिटिभी गुणस्तर शिक्षा, महानगरका मुख्य मुख्य बजारसम्म सिधा यातायात बस सेवा, बर्खे योजना तालिमका विषयमा प्रश्नहरू सोधिएको थियो ।
विकास निर्माणसँगै सेवा ग्राहीलाई दिने सेवा प्रवाहलाई अझै व्यस्थित गरेर लैजान सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले सार्वजनिक सुनुवाइमा आएका सुझाव गुनासालाई वडाको तर्फबाट संवोधन गर्दै जाने विश्वास दिलाए ।
‘हामीले योजना सहित बजेट छुट्ट्याउन तर उपभोक्ता समितिलाई सम्झौता गर्न आउनु भनेर पटक पटक ताकेता गर्दा पनि अन्तिम तिर आउनुहुन्छ यो समस्या रहेको छ’ अध्यक्ष तिम्सिनाले भने ‘तपाईँहरूले भनेजस्तै विकास निर्माणको काम सक्न असार नै कुर्ने यो परिपाटी अन्त्य गर्न जरुरी छ ।’
उनले पोखरा महानगर पालिकाले यस वर्ष देखि जिरो देखि नै सडक बत्ती राख्ने कार्यक्रम रहेको बताउँदै यस वर्ष याम्दी देखि चाक्लेकुला सम्म सडक बत्ती जडान गरिने उल्लेख गरे । उनका अनुसार आगामी वर्षमा चाक्लेकुला देखि फेदी सम्म सडक बत्ती जडान गरिने छ ।
हेमजा रहेका बैक, वित्तीय संस्था तथा सहकारीसँग सहकार्य गरेर हेमजाका मुख्य मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिने उनले जानकारी दिए ।
पछिल्लो समय जग्गा हालसाबिक प्रक्रिया झन्झटिलो भएको वडावासीको गुनासो आएका कारण नापी कार्यालयका प्रमुख सहितको टोलीलाई वडा कार्यालयमा नै ल्याएर छलफल गरिएको उनले जानकारी दिए ।
‘हामीले नापी कार्यालयको टोलीलाई हालसाबिक गर्न हेमजामा नै आएर अस्थायी शाखा खोलेर काम गर्न अनुरोध गरेका छौं’ उनले भने, ‘उहाँहरूले दुई महिनाको समय दिनुभएको छ । दुई महिना पनि नापी कार्यालय पुगेरै काम गर्दा झन्झटिलो भयो भने यही आएर काम गर्छौ भन्नुभएको छ यो पनि समाधान हुन्छ ।’
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ