कृषि ज्ञान केन्द्र स्याङ्जाले जिल्लाका उत्कृष्ट चार कृषकलाई पुरस्कृत गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दैआएका जिल्लाका चार उत्कृष्ट कृषकलाई ज्ञान केन्द्रले प्रोत्साहनस्वरुप पुरस्कृत गरेको हो ।
कृषि ज्ञान केन्द्र स्याङ्जाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषकलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरेको कार्यालय प्रमुख विनोद हमालले बताए । जिल्लाका एघारवटै पालिकामा कृषि कर्म गर्दैआएका कृषक तथा कृषि फार्मलाई उत्कृष्ट कृषि पुरस्कारका लागि आवेदन आव्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनौट गरी पुरस्कृत गरिएको उनले बताए ।
“कृषि कर्म गर्दैआएका १३ कृषक तथा कृषि फार्मको आवेदन प्राप्त भएको थियो”, उनले भने, “प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्याङ्कन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई पुरस्कृत गरेका हौं ।”
पुतलीबजार नगरपालिकाका फलफूलखेती गर्ने कृषक रामबन्धु अर्याल, गल्याङ नगरपालिकाका खाद्यान्न तथा आलु बीउ उत्पादन गर्ने कृषक चन्द्रकान्त डुम्रे, वालिङ् नगरपालिकाका मौरीपालक कृषक श्यामप्रसाद अर्याल र मिश्रित खेती गर्ने कृषक हुमनाथ लामिछानेलाई नगदसहित पुरस्कृत गरिएको हो ।
कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक पुरस्कृतले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए ।
लामो समयदेखि कृषि कर्म गर्दैआएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौं कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी वालिङका मौरीपालन गर्दैआएका श्यामप्रसाद अर्यालले बताए ।
“कृषि कर्म गर्दा पनि सम्मानित भईने रहेछ भन्ने देखिएको छ”, उनले भने, “जसकाकारण आगामी दिनमा व्यवसाय प्रबर्द्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महशुस गरेको छु ।”
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा