पोखराबाट सवारी चालक अनुमतिपत्रको नक्कली परिक्षार्थी पक्राउ

पोखराबाट सवारी चालक अनुमतिपत्रको नक्कली परिक्षार्थी पक्राउ

pakrau

पोखरा । पोखरामा सवारी चालक अनुमतिपत्रको परिक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन्।

सोमबार बाग्लुङको जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. ५ अमलाचौर स्थायी घर भई पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३३ को मोहम्मद रहिमलाई पक्राउ गरेको हो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश, पोखराबाट संचालन भएको वर्ग B (Car, Jeep, Delivery Ven) को प्रयोगात्मक परीक्षामा अरुको नामको परिक्षा दिईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको
टोलिले उनलाई पक्राउ गरेको हो ।

मोहम्मदले आवेदक नं. ६८९६२२९ का परिक्षार्थी कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी कुमार भण्डारीको परिक्षा दिईरहेको भेटिएकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ