म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता

म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता

पहिरो खसेर थुनिएको म्याग्दी नदी बग्न थाल्यो

myagdi-pahiro

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ३ लुप्सीपारमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

आज दिउँसो घर नजिकै घाँस काट्ने क्रममा पहिरो खसेर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो । उनका छोरा १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।

यसैबीच धौलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी बग्न थालेको छ । अहिले नदीको बहाव सामान्य बनेको र सामान्य जोखिममात्रै रहेको प्रहरीले जनाएको छ ।

दिउँसो काउसीबोटको भीरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ