पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार यस वर्ष नौ सय ७१ जनाले सर्वोत्कृष्ट ४ जीपीए ल्याए । तीमध्ये पोखराकी एञ्जिला अर्याल सबैभन्दा कान्छी टपर हुन् ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । २०६७ साल फागुन १५ गते जन्मिएकी एञ्जिला एसएलसी दिने समयमा १४ वर्ष २२ दिनको मात्रै थिइन् ।
कास्कीको पोखरा स्थित शिशु निकेतनकी छात्रा एञ्जिलाले यो एसइईमा देशमै सबैभन्दा कम उमेरमा चार जिपीए ल्याउने छात्रा बनेको बाबु चण्डीप्रसाद अर्याल बताउँछन् । ‘आधिकारिक निकायमा बुझ्दा नानी नै सबैभन्दा कान्छी रहेको जानकारी प्राप्त भयो । सबैजनाको जन्म मिति भेरिफाई गर्दा समय लाग्यो’ अर्यालले भने ।
स्याङ्जाको वालिङ ११ स्थायी ठेगाना भई हाल पोखरा ८ नागढुंगा बस्ने एञ्जिला सानै उमेरदेखि तीक्ष्ण बुद्धिको रहेको परिवार बताउँछ । ‘सानैदेखि कक्षामा प्रथम भइन्, अनि २ कक्षा फड्काएर अध्ययन अघि बढायौँ ।’ आमा मैना अर्यालले भनिन् ।

शालिन स्वभावकी एञ्जिला कविता लेखन, स्वीमिङमा रुचि राख्छिन् । पोखराकै मदरल्याण्ड स्कुल, मासबारमा कक्षा ११ मा साइन्स विषयमा भर्ना भइसकेकी एन्जिला भविष्यमा मुटुको डाक्टर बन्न चाहन्छिन् ।
कलिलै उमेरमा सर्वोत्कृष्ट नतिजा हाँसिल हुँदा परिवारमा खुशी छाएको बुवाआमा बताउँछन् । एञ्जिलाका दाइ उत्सव पनि राम्रो अंकका साथ एसइई उत्तीर्ण भएका थिए । कक्षा १२ उत्तीर्णपश्चात् उत्सवले हालै भारतको निट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
यस वर्ष ४ जीपीए प्राप्त नौ सय ७१ मध्ये संघीय राजधानी काठमाडौंका मात्रै पाँच सय ४० जना रहे । ललितपुरमा एक सय जना, रुपन्देहीमा ८७ जना, कास्कीमा ६५ जनाले, चितवनमा ३७ जना, मोरङमा १८, धनुषामा २०, कैलालीमा सात जनाले चार जीपीए ल्याउन सके । गत वर्ष देशभर एक सय ८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन