पोखरा । टिभिएसले पोखरामा नयाँ स्कूटर ‘जुपिटर ११०’ सार्वजनिक गरेको छ ।
टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स र पोखराको आधिकारिक वितरक स्क्वायर मोटर्स प्रालिले बिहीबार पोखरामा एक कार्यक्रम गर्दै स्कूटर लन्च गरेको हो ।
स्क्वायर मोटर्स प्रालिका अध्यक्ष आदर्शमान श्रेष्ठ र प्रबन्ध निर्देशक बिनोज पोतेले स्कूटरको औपचारिक उद्घाटन गरेका थिए । टिभीएस जुपिटर एक सय १० सीसी पोखराका सबै अधिकृत टिभीएस डिलरहरूमाट किन्न सकिने छ ।
यसअघि काठमाडौंमा लञ्च भइसकेको छ । स्कुटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ राखिएको छ । जुपिटर ११० अत्याधुनिक इन्जिनसहित नयाँ प्रविधिले सुसज्जित छ ।
कम्पनीका अनुसार यो स्कूटर माइलेज, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलनमा आफ्नै खालको प्रतिनिधि बनाउने उद्देश्यसहित ल्याइएको हो ।
नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर हो । विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जितिसकेको जुपिटर ब्रान्ड नेपालमा पनि प्रयोगकर्ताको बदलिंदो चाहनाअनुसार पुनः परिकल्पना गरिएको कम्पनीको दाबी छ ।
जुपिटर ११० मा फराकिलो ग्लोभ बक्स, अगाडिबाट तेल हाल्ने सुविधा, लामो सिट, एकै थिचाइमा खोलिने लक सिस्टम, मोबाइल चार्जर, १२ इन्चको पाङ्ग्रा र सन्तुलित व्हीलबेसजस्ता सुविधा समावेश छन् । जसले दैनिक सहरी ट्राफिकमा सहज र सन्तुलित यात्रा अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
नेपालमा टिभिएस मोटर कम्पनीको अधिकृत डिलर जगदम्बा मोटर्सले विगतदेखि नै विश्वस्तरीय मोबिलिटी उत्पादनहरूको वितरण गर्दै आएको छ । कम्पनीले देशभर फैलिएको आफ्नो डिलर नेटवर्कमार्फत बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्स उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो