कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ

कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ

Pakrau filepic

अर्घाखाँची । अर्घाखाँचीमा कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका– १२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds