लायन्स क्लब अफ पोखरा अभियानले मृगौला रोगबाट प्रभावितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
लायन वर्ष २०२५/२६ को आरम्भ सेवा कार्यक्रम अन्तर्गत कास्कीको मादी गाउँपालिका–१२ निवासी २९ वर्षीय मृगौला रोगबाट प्रभावित विशाल रानाभाटलाई ३० हजार ५ सय आर्थिक सहयोग प्रदान गरेको क्लबले जनाएको छ ।
दुबै मृगौला फेल भई प्रत्यारोपणको आवश्यकता परेका रानाभाटका लागि क्लबले सुरु गरेको यो सहयोग अभियान सामाजिक उत्तरदायित्वप्रति देखाइएको प्रेरणादायक कदम रहेको उनीहरूको ठहर छ ।
लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष बिनोदराज आचार्यले लायन वर्षको शुरुवात सेवामूलक कार्यबाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै सानो सहयोगले पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राखे ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, विशेष अतिथि एरिया १३ संयोजक सूर्य चपाई, विभागीय प्रमुख मातृका पोखरेल र रिजन चेयरपर्सन डिलाराम लामिछानेको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन क्लबका सचिव सुशिल दाहालले गरेका थिए । स्वागत मन्तव्यसहित संयोजनको जिम्मेवारी निर्वाह गरेका दिपेश रानाभाटले सहयोग संकलनदेखि कार्यक्रम व्यवस्थापनसम्मको भूमिका निर्वाह गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा