भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर

भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर

pho

पोखरा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, पोखरा महानगर कमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ।

नेकपा एमाले निकट संगठनको अधिवेशनवाट सुवेदार भोज वहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको पूर्व सैनिक बलराम पौडेलले जानकारी दिए ।

संगठनको उपाध्यक्षमा सोमनाथ भण्डारी, सचिवमा इन्स्पेक्टर बलराम पौडेल, उप सचिवमा क्याप्टेन भद्र बहादुर थापा, कोषाध्यक्षमा सूवेदार चन्द्र बहादुर क्षेत्री र सदस्यहरुमा, रकेश्वर सुनार, टेक बहादुर पुन, नन् बहादुर श्रेष्ठ, तेज बहादुर गुरुङ, बम बहादुर सुनार र राज बहादुर थापा चयन भएका हुन्।

वाँकी सदस्य समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित सचिव बलराम पौडेलले बताए। यस अघि संगठनका नेता क्याप्टेन लालकाजी पुनले उद्घाटन गर्नुभएको कार्यक्रम अध्यक्ष खम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ