पोखरा । कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित भएका छन् ।
२ सय १२ औं भानु जयन्तीको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि डा. सिपी आचार्य, सल्लाहकार छविलाल आचार्य र केन्द्रिय अध्यक्ष बलराम आचार्यले सम्मान पत्रका साथमा मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा प्रमुख अतिथि डा आचार्यले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै, साहित्य र श्रष्टाको विकासमा समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । सम्मानित साहित्यकार शालिग्राम आचार्यले जीवनको लामो समय साहित्य रचनामा नै लागेको स्मरण गर्दै, नेपाली भाषा र साहित्यको उन्नयनमा सबैको ध्यान जानुपर्ने बताए । अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष एवं कवि छविलाल आचार्य लगायतकाले भानु विशेष कविता वाचन गरेका थिए।
कार्यक्रम समाजका महासचिव नारायण प्रसाद आचार्यले संचालन गरेका थिए । त्यस अघि सहभागीले आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा