पोखरा । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा भानु वाङमय प्रतिष्ठानको आयोजना एवम् भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सह आयोजनामा पोखरामा प्रभातफेरी सहित विभिन्न कार्यक्रम गरिएको छ ।
प्रतिष्ठानको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुुरु भएको प्रभातफेरी पोखरा ११ फुलबारीस्थित भानु प्रतिमास्थलमा पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले नेपाली भाषाको एकिकरणमा भानुभक्तले महत्वपूर्ण योगदान पुर्याउनुभएको बताए ।
कार्यक्रमका अध्यक्ष एवम् भानुु वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष पद्मराज ढकालले संस्कृतमा लिखित भानुभक्तीय रामायणलाई नेपालीमा अनुवाद गरी भानुभक्तले नेपाली भाषा संस्कृतिको विकासमा ठूलो गुन लगाउनुभएको बताए ।
लोक संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले संस्कृतको रामायण नेपालीमा उल्था गरी नेपाली भाषा र संस्कृतिको जगेर्नामा उहाँले योगदान पुर्याउनुभएको बताए ।
भानुु वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष पद्मराज ढकालको सभापतित्व एवम् सचिव अम्बिकाप्रसाद भट्टराईले सञ्चालन गर्नुुभएको कार्यक्रममा नेपाली विषयका विद्यार्थी तारानाथ पराजुलीलाई १० हजार रुपैयाँ नगद र नेपाली विषय पठाउने कास्की जिल्लाका माध्यमिक तहका ज्येष्ठ शिक्षक मध्येबाट दण्डपाणि ढकाललाई १५ हजार रुपैयाँ नगद सहित भानु वाङ्मय शिक्षा पुरस्कारबाट सम्मान गरिएको थियो ।
पर्यटन व्यवसायी गणेबहादुर भट्टराईले राख्नुुभएको एक लाख २५ हजार रुपैयाँ नगदको अक्षयकोषबाट नेपाली विषयमा स्नातकोत्तर तहमा पृथ्वीनारायण क्याम्पसमा सर्वोत्कृष्ट ल्याउने विद्यार्थीलाई र पूर्व जनप्रतिनिधि निर्मल कर्माचार्यले राखेको एक लाख रुपैयाँको अक्षयकोषबाट ज्येष्ठ शिक्षक एक/एक जनालाई वर्षेनी उक्त पुरस्कारबाट सम्मान गरिन्छ ।
प्रतिष्ठानका सहसचिव धर्मराज पौडेल (अल्पायु)ले भानुभक्तीय रामायण वाचन गर्नुभएको थियो भने राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह(बाबा), पूर्व जनप्रतिनिधि निर्मल कमाचार्य लगायतले भानभक्तको योगदानको चर्चा गरे ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह