पोखरा । भारतका प्रसिद्ध धावक फौजा सिंहको निधन भएको छ।
११४ वर्षीय फौजाको सोमबार दिउँसो करिब ३ बजे सडक दुर्घटनामा परी निधन भएको हो ।
परिवारका अनुसार, उनी दिउँसो घरबाट निस्किएर जालन्धर–पठानकोट राष्ट्रिय राजमार्ग पार गर्दै एक ढाबातर्फ जाँदै थिए, त्यही बेला जालन्धरबाट पठानकोट जाँदै गरेको सवारीले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
फौजालाई तत्काल अस्पताल पुर्याकइएको थियो तर केही समयमै उनलाई अस्पतालले मृत घोषित गरेको थियो। सन् १९११ मा जन्मिएका फौजा सिंहले दुईवटा विश्वयुद्ध देखेका थिए भने भारत–पाकिस्तान विभाजनको पीडा पनि उनले नजिकबाट अनुभूति गरेका थिए।
सन् २००४ मा फौजा सिंहले विश्वको ध्यान आफूतर्फ ताने जब उनी फुटबल आइकन डेभिड बेकम र बक्सर मोहम्मद अलीसँग मिलेर एउटा अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनमा देखिए। फौजा सिंहले सन् २००० मा ‘लन्डन म्याराथन’ मा दौडिए। ८९ वर्षको उमेर पुग्न एक महिना बाँकी रहँदा उनले यो दौड ६ घण्टा ५४ मिनेटमा पूरा गरेर विश्व भर चर्चा बटुलेका थिए।
उनी १०० वर्षको उमेरसम्म म्याराथन दौडमा सहभागी भइरहे र यसबीचमा उनले धेरै विश्व कीर्तिमानहरू पनि बनाए।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ