पोखरा । जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।
पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले सम्झनामा जनकवि केशरीू विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो।कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ।
लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर नेपाली लोक संगीतलाई विश्व माझ चिनाएका छन् । उनले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ।
जीवनको अधिकांश समय लोक साहित्य रचना एवम् खोजी कार्यमा बिताएका थापाले प्रतिष्ठानको स्थापना गरेका हुन् । जनकवि केशरीको स्मृतिमा प्रतिष्ठानले राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ। उनको हरियो डाँडा माथि हलो जोत्ने साथी गीत आज पनि निकै चर्चित छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट जनकवि केशरी को उपाधिसमेत पाएका छन् ।
वि.सं. १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थापाको वि.सं. २०७१ असोज २८ गते काठमाडौं स्वयम्भु स्थित आफ्नै निवासमा निधन भएको थियो । उनले विसं २०२५ सालमा मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार प्राप्त गरेका थिए भने २०५७ सालमा जगदम्बाश्री पुरस्कार र त्यसबाहेक वि.सं. २०२५ को इन्द्रराज्यलक्ष्मी पुरस्कार, वि.सं. २०१३ र वि।सं। २०३१ मा शुभ राज्याभिषेक पदक, वि.सं. २०४१ मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायतका विभिन्न सम्मान पाएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा