पोखरा । पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न गरिएको छ ।
पोखरामा चिनिया पर्यटकहरूको आमगनलाई लक्षित गरी उनिहरूको आतिथ्यतामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।
पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पुर्याउनका लागि तालिम उपयोगी बनेको विश्वास लिइएको उनले बताए । तालिममा पोखरामा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका ८४ जनाको सहभागिता थियो ।
पोखराको पर्यटन व्यवसायलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका पर्यटन व्यवसायीलाई सहभागी बनाएर गरिएको तालिम बहु उपयोगी बनेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
यस किसिमका तालिमलाई आगमी दिनमा अझै परिस्कृत बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
नाट्टा गण्डकी प्रदेशका महासचिव चेतन कार्कीका अनुसार तालिममा चिनियाँ प्रशिक्षकद्वय रिहा र हानले सहजिकरण गरेका थिए ।
तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेश पूर्वअध्यक्ष परिषद्का संयोजक बासु त्रिपाठी, नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, प्रशिक्षार्थी संगीता अधिकारी लगायतले भाषा तालिमले पर्यटन व्यवसायलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ