पोखरा । विश्व सर्प दिवसको अवसरमा पोखरामा सर्प पहिचान, नियन्त्रण, उद्दार र सुरक्षण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सोसाईटी फर वाईल्ड लाईफ रिसर्च एण्ड कन्जरभेसन सोरेकले उक्त तालिम आयोजना गरेको थियो ।
तालिममा सर्प संरक्षण क्षेत्रमा क्रियाशील युवा अनुसन्धानकर्ता तथा उद्धारकर्ता साथै नेपाल स्नेक रेस्क्यु टिमका संस्थापक प्रविन पाण्डे प्रमुख स्रोत व्यक्तिका रूपमा रहेका थिए । पाण्डेसँगै अर्का अनुभवी उद्धारकर्ता आर्शन क्षेत्री पनि सहप्रशिक्षकको रूपमा उपस्थित थिए।

तालिममा ८५ जना फरेस्ट्रीका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई नेपालमा पाइने विषालु र अविषालु सर्पहरूको वैज्ञानिक चिनारी, उद्धार प्रक्रियाको सावधानीपूर्ण अभ्यास तथा सुरक्षित ह्याण्डलिङ प्रविधिबारे व्यवहारिक पक्षबारे जानकारी गरिएको थियो ।
विद्यार्थीहरूमा सर्पप्रतिको भय र भ्रमलाई हटाउँदै वैज्ञानिक बुझाइ र संवेदनशील दृष्टिकोण विकास गर्ने उद्देशयले तालिम आयोजना गरिएको थियो ।
तालिममा सहभागिमध्ये उद्धार कार्यमा विशेष चासो राख्ने विद्यार्थीहरूको सम्पर्क विवरण संकलन गरिएको र निकट भविष्यमा उनीहरूलाई सर्प उद्धार कार्यमा प्रत्यक्ष संलग्न गराई थप व्यवहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । नेपालमा सर्प संरक्षण र उद्धार सम्बन्धी चेतना अभाव भइरहँदा यस किसिमका तालिमले सर्पको महत्व बुझाउन, मानव सर्प द्वन्द्व न्यूनीकरण गर्न तथा सह जीवितामूलक सोच विकसित गर्न मद्धत पुग्ने अपेक्षा आयोजकको छ ।
दीपेन्द्र साउदको अध्यक्षतामा भएको तालिममा सुमन भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि गौरव खड्का, सदिक्षा आचार्य, आदित्य रसाइली र सबिन सुनारको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा