रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराको १३ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
क्लबले एक कार्यक्रमको आयोजना गरेर नयाँ निर्वाचित टीमको पदस्थापना गराएको हो । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले १३औं अध्यक्षको रुपमा रोटा वर्ष २०२५/२६ का लागि कुशल बराल चयन गरेको थियो ।
जसको निवर्तमान अध्यक्षमा श्रीनाथ वाग्ले, उपाध्यक्षमा शिवानी क्षेत्री, विजय सुवेदी र विकास सुनार, सचिवमा विनय कार्की, कोषाध्यक्षमा अङ्गना सुवेदी, सहसचिवमा बिक्रम साही ठकुरि र अच्युत पराजुली सहकोषाध्यक्षमा सागर पौडेल रहेका छन् ।
पब्लिक इमेजमा आशिष पुरी, फेलोसिप चेयर पर्सनमा बेन गौड, रोटरी फाउण्डेसनमा श्रद्धा रेग्मी, रोट्र्याक्ट लर्निङ फ्यासिलिटेरमा आरटीआर प्रजिता खनाल, अन्तर्राष्ट्रिय सेवामा दिपिका थापा, सेवा परियोजनामा सन्दीप रेग्मी, युवा नेतृत्वमा सम्पर्क कुमार वाग्ले, सदस्यतामा विकास रिया बराल, खेलकुद संयोजकमा युनिक बराल, व्यवसायिकमा विकास रिजु घिमिरे, सर्जेन्ट एट आर्म्समा सुस्मिता पौडेल रहेका छन् ।

डिस्ट्रिक्ट रोट्रयाक्ट प्रतिनिधि (डीआरआर) ३२९२ दिनेश गैह्रको प्रमुख आतिथ्यतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका संस्थापक अध्यक्ष रवि बराल, रोटरी रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट सचिव सुवास सिग्देल, रोटरी क्लब अफ पोखरा न्युरोडका वर्ष २५/२६ का अध्यक्ष अमृत राज बास्तोला लगायतले युवाहरू सामाजिक कार्यमा दत्तचित्त भएर लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ रहने बताए ।
रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराले १२ कार्यकाल पूरा गरेर हाल आफ्नो १३ औं वर्ष सेवामा चलिरहेको छ। कार्यक्रममा एक सय जना भन्दा बढी रोट्रयाक्ट क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । क्लबमा २ जना नयाँ सदस्य थपिएको छ। अध्यक्ष बरालले आफू पदस्थापित भइसकेपछि २१ सदस्यसहितको बोर्ड अफ डाइरेक्टरहरू समेत चयन गरेका छन् ।

कार्यक्रम संयोजक अच्युत पराजुली रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष विजय सुवेदी र कार्यक्रम सञ्चालन विनय कार्की तथा प्रजिता खनालले गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला