न्यायिक कारबाहीलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अप्रेसन सञ्चालन गर्दै फरार रहेका चारजना कसूरदारलाई पक्राउ गरेको छ ।
२०८२ साउन ६ गते खटिएको विशेष प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ की स्थायी बासिन्दा तथा हाल पोखरा–१५ बसोबास गर्ने मिना खाती, चापाकोट नगरपालिका वडा नं. ३ का हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र याममाया पौडेल रहेका छन् ।
अदालतको आदेश अनुसार मिनालाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना र अन्य तीनजनालाई अंशबण्डा मुद्दामा जनही ५७८.७७ रुपैयाँका दरले कुल एक हजार ७३६.३९ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार, अदालतको फैसला कार्यान्वयनमा चुस्तता ल्याउँदै फरार कसूरदारमाथि निगरानी तीव्र बनाइएको छ । यस्तो अप्रेसनले कानूनको शासन बलियो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्