राष्ट्रिय एकता र मेलमिलापको सन्देश बोकेका युगपुरुष बि.पि. कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा विपि स्मृति एमेच्योर फुटसल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ ।
नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको आयोजना अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना दिवंगत साथिहरू अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुदत्त बरालले “विपि कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको विचार आज खेलकुदमार्फत अघि बढाउन सकिन्छ” भन्दै खेलकुदमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए ।
प्रतियोगितामा विजेता टिमले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान दुई÷दुई हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए ।
युवाको प्रतिभा उजागर गर्न र स्थानीय-राष्ट्रिय खेलाडीबिच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले पहिलोपटक प्रतियोगिता आयोजना गरिएको अमित र अन्तिमले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहको छ ।
प्रतियोगिताबाट बचेको रकम तनहुँको भानु नगरपालिका -७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । हाल बालगृहमा विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आश्रित छन् ।
मुख्य प्रायोजकका रूपमा अमित र अन्तिम गुरुङ रहेका छन् भने प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युथ क्लबको सहयोग रहेको छ ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम