पोखरामा आफ्नै नवजात शिशुको हत्या गर्ने बुवा १० महिनापछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेका नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार पोखरामा पक्राउ गरेको हो ।
गत वर्षको असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेका थियो ।
जेब्रा झोलामा भेटिएको नवजात शिशुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि शिशुको घाँटी र टाउकोमा चोटका कारण मृत्यु भएको रिपोर्टपछि शिशुको बुवाले नै हत्या गरेको खुल्न आएपछि लामिछानेलाई १० महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
श्रीमतीलाई सुत्केर बेथा लागी उपचारको लागि जाँदा पक्राउ परे लामिछाने
श्रीमतीलाई अहिले फेरि सुत्केरी गराउन गण्डकी हस्पिटल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा) मा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
आफ्नो आर्थिक अवस्था दयनीय भएकाले पालन पोषण गर्न नसक्ने भएकाले छोरालाई मारिदिएको उनले प्रहरीलाई बयान दिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिए । लामिछानेले यस्तो बताएपनि अन्य कारण के हुनसक्छ? भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए ।
एसपी ओलियाका अनुसार गोविन्दकी श्रीमती शुभद्रा लामिछानेले अस्पतालमै फेरि अर्को बच्चा जन्माएको र प्रहरीले गिरानीमा राखेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु