एकाएक गाउँबाट १६ जनाको पूरै परिवार गायब

एकाएक गाउँबाट १६ जनाको पूरै परिवार गायब

ऋणमा डुबे, भत्ता बुझे, सुंगुर काटेर खाए अनि घर छाडे

Hayu-family-urmila-hayu-4

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो ।

उर्मिला हायुसहित उनको १६ जनाको परिवार नै केही दिनदेखि हराइरहेका छन् ।  लोपोन्मुक हायु परिवारको घर जंगलको बिचमा रहेको थियो । गाउँपालिकाका अनुसार उनीहरु शुक्रबार–शनिबार नै हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

लोपोन्मुख जाती भएका कारण उक्त परिवारमा  आमा, छोराबुहारी, छोरी नातिना, ज्वाइँ लगायत सबै एकै घरमा बस्दै आइरहेका थिए । उनका ६ जना छोरा, ६ जना छोरी, एक जना बुहारी, एक जना ज्वाइँ र एकजना नाती गरी १६ जनाको परिवार रहेको थियो ।जसमध्ये एक छोरी काठमाडौं र एक बुहारी विदेशमा रहेकी थिइन् । केही वर्षअघि उक्त परिवारका जेष्ठ सदस्य भीरबाट लडेर मृत्यु भएको थियो ।

उनीहरुले सरकारले दिँदै आएको भत्ता केही दिनअघि मात्र बुझेका थिए । प्रतिमहिना सरकारले उनीहरुलाई ४ हजारका दरले भत्ता दिँदै आएको थियो । हरेक तीनतीन महिनामा भत्ता पाउने हुँदा १६ जनाको परिवारले एकैपटक झण्डै दुई लाख रुपैयाँ पाएको थियो ।

बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । १ लाख ९६ हजार भत्ता बुझेपछि उक्त परिवार गायब भयो । उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ रहेको छ । जसकारण अन्तिम लोकेशन कहाँ देखाएको छ ट्रेस गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले केहीदिनअघि मात्रै एकैपटक ३ महिनाको भत्ता लिएका थिए ।

त्यस्तै, उक्त परिवार ऋणमा डुबेको समेत बाहिरिएको छ । केही स्थानीयहरूले धेरै ऋण भएकाले सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।  ऋण उठाउन बैंक तथा वित्तीय संस्था र अन्य व्यक्तिहरु समेत ऋण उठाउन जाने गरेको थियो । केही दिनअघि पनि केही व्यक्तिहरु ऋण उठाउन पुगेका थिए । ठूलो परिवार र आर्थिक अभावका कारण लागेको ऋण तिर्न नसक्दा हायु परिवार तनावमा रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ