अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र

दुर्घटना

अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र

opendra death

अमेरिकामा गाडीको ठक्करबाट एक जना नेपाली युवकको मृत्यु भएको छ।

रूकुम पश्चिमको बाफीकोट गाउँपालिका – ३ नेपानेका २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार राति करिब १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा बोहरालाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको भन्ने खबर अमेरिकाबाट चिनजानका साथीहरूमार्फत् परिवारले पाएका छन् ।

टेक्ससको राजधानी अस्टिनमा उनलाई गाडीले ठक्कर दिएको थियो। ओपेन्द्रले दुई दिन अगाडि मात्रै अमेरिकाको ग्रीन कार्ड पाएको बुझिएको छ ।

रूकुममा छँदा ओपेन्द्रले मोटरसाइकल बनाउने मिस्त्रीको रूपमा काम गर्थे।।

परिवारका तीन बहिनी छोरी मध्ये कान्छीको ५ वर्षअघि मृत्यु भएको, दुई छोरी विवाह गरी गइसकेका हुँदा घरमा मुक्ति बोहराका बुढाबुढी मात्रै बस्दै आएका छन्। उनीहरूका जेठो छोरा पनि अमेरिकामा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ