मंगलबार बिहान करिब ६:१५ बजे स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचको क्रममा लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
वि.सं. २०८२ साल साउन १३ गते अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ गइरहेको ना ५ ख ६९४७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा नवलपरासी (पूर्व) विनयत्रिवेणी गाउँपालिका –७ शिवपुर घर भएका ३१ वर्षीय कृष्ण बहादुर रानालाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नियन्त्रित लागू औषध फेला परेको हो ।
प्रहरीले रानाको साथबाट ओनेरेक्स १०० एमएलका १० बोतल, ट्रमाडोल क्याप्सुल ८४ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, बुप्रेनोर्फिन इन्जेक्सन ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल, डाइजेपाम इन्जेक्सन ५९ एम्पुल र सिरिन्जसहितको सुई एक थानसहित ठूलो मात्रामा नियन्त्रित लागू औषध बरामद गरेको जनाएको छ ।
पक्राउ परेका रानालाई लागू औषधसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइ स्याङ्जा जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीले लागू औषध नियन्त्रण तथा ओसारपसार विरुद्धको निगरानी अझ कडा बनाइएको भन्दै आगामी दिनमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरिने जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो