पोखरामा पहिलो पटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा पोखरा महानगरपालिका प्रबर्द्धकका रूपमा जोडिएको छ ।
आगामी भदौ २९ गते आयोजना हुने अवार्डका लागि बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रबर्द्धन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाको तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे । पोखरा भ्रमण वर्ष–२०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक र नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए ।
उनले भने, ‘पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर हो । प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुँदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने विश्वास छ । यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ ।’
आफूहरू पर्यटनको राजधानी पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको पनि उनले बताए । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौंबाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँदै अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने उद्देश्यले चुनौती स्वीकार गरेको बताए ।
उनले पोखरा महानगरपालिकाको साथका कारण नै अवार्ड कार्यक्रम पोखरामा ल्याउन सफल भएको पनि बताए । अवार्डलाई प्रबर्द्धकको रूपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्यसँगै महानगरपालिका परिवार र सम्पूर्ण पोखरावासीप्रति अभार पनि व्यक्त गरे ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड विश्वभरका खेल पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआईपीएस एसिया)को नियमित क्यालेन्डर इभेन्ट हो ।
यसैगरी, एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा आयोजना हुनुलाई आफूहरूले निक्कै उत्साहका साथ लिएको बताए । एनएसजेएफका महासचिव अञ्जन खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्त्वपूर्ण र सशक्त शहर भएको बताए ।
अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुने जानकारी पनि उनले दिए । अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला खेलाडी र युवा खेलाडी तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधा समावेश छन् ।
उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी युवा, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका बिजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई नगद एक लाख रूपैयाँका दरले पुरस्कृत गरिने मञ्चका महासचिव खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला