गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । एक शिक्षक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी धादिङ स्थायी वतन भई पोखरा महानगरपालिका–२५, हेम्जा निवासी २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खस्दा तेजबहादुरको मृत्यु भएको डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
बंगुर फार्मका लागि डोकोमा दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। उनी सम्पर्कविहीन भएपछि स्थानीयले खोजी सुरु गरेको थियो । सडकमा माथिबाट खसेको पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्।
पोखराबाट मोटरसाइकल चढेर विद्यालयतर्फ जाँदै गर्दा उनलाई पनि पहिरोले भेटेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याए । अस्पतालमा पोखरेलको उपचार भइरहेको छ।
मणिपाल अस्पतालमा उपचाररत घाइते सुरजमोहन पोखरेल
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु