स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका –६ टक्सार काउलेमा रहेको नर बहादुर गुरुङको किराना पसलमा साउन १४ गते राति चोरी भएको छ । पसलबाट रियल गोल्ड वियर १७ बोतल, सोफी ब्रान्डको १ कार्टुन रक्सी, ९ प्याकेट विभिन्न कम्पनीका चुरोट, २० प्याकेट चाउचाउ तथा ५ केजी कुखुराको मासु चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले तत्काल अनुसन्धान थालेको थियो ।
अनुसन्धानको सिलसिलामा प्रहरीले सोही वडाका २२ वर्षीय तोरण परियारलाई चोरीमा संलग्न रहेको आशंकामा केही चोरेका सामानसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार परियारलाई नकवजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
पसल सञ्चालक गुरुङले रातको समयमा पसलको सटर फोडेर चोरी गरिएको बताए । चोरी घटनापछि स्थानीय बासिन्दा रातिको सुरक्षाका विषयमा चिन्तित देखिएका छन् ।
घटनापछि तत्काल अनुसन्धान अघि बढाएर अभियुक्त पहिचान गरी पक्राउ गर्ने प्रहरीको कार्यप्रति स्थानीयले प्रशंसा व्यक्त समेत गरेका छन् । प्रहरीले घटनाका बाँकी पक्षबारे पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
यस घटनाले स्याङ्जाको शहरी बस्तीहरूमा रातको समयमा हुने चोरीका घटनाप्रति सुरक्षा सतर्कता अझै कडाइ गर्नुपर्ने देखाएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र शंका लागेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा