पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसँगै पञ्चेवाजा, स्थानीय भजनसँगै विभिन्न कार्यक्रम गरिएको महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई आयोजका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रवद्र्धकमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, कृषि विकास निर्देशनालय, नेपाल टेलिकम, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेका थिए ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले बहुपोषणयुक्त कोदोको महत्वलाई बुुझ्न नसक्दा यो हेला गरिएको अन्न जस्तो बनेको बताए ।
बहु परिकारसँगै घरेलु मदिरा आदि निर्माणका लागि कोदो उपयोगी हुने बताउँदै उहाँले यसबाट अधिकतम फाइदा लिन सकिने धारणा राखे ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर बन्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले कोदोको महत्वलाई बुझ्न नसक्दा पनि यसतर्फको आकर्षण बढ्न नसकेको बताए ।
नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुुरुङले महोत्सव मार्फत कोदो खेतीको प्रवर्द्धन गर्न खोजिएको बताए ।
औषधीजन्य गुण भएको कोदो खेतीको विस्तार गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनु जरुरी भएको उनको भनाइ छ ।
माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले स्थानीय उत्पादनमा जोड दिन सके त्यसले खाद्यान्नमा आत्मनिर्भर बनाउने धारणा राखे ।
नेपाल उद्योग तथा व्यवसायी संघ कास्कीका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षता एवम् सचिव धर्ममान सिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्थानीयवासीको राम्रो उपस्थिति थियो ।
सम्बन्धित खबर
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन