बेगनासतालमा फेला परेको पुरूषको शवको पहिचान हुन सकेन: प्रहरी

बेगनासतालमा फेला परेको पुरूषको शवको पहिचान हुन सकेन: प्रहरी

Dead-1

पाेखरा महानगरपालिका ३१ स्थित बेगनासतालमा शुक्रबार फेला परेको पुरूषको शवको पहिचान हुन सकेको छैन ।

तालमा शुक्रबार तैरिरहेको अवस्थामा मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने सनाखत हुन नसकेको प्रहरीले बताएकाे छ । चिनेजानेको वा कोही आफन्त भएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा १००, ०६१५८७१००, ९८५६०१००३३ सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ