“सबैको पहुँच, समान अवसर” भन्ने नारालाई व्यवहारमा उतार्दै स्याङ्जाको हरिनास गाउँपालिकाले सरकारी सेवामा प्रवेश गर्ने चाहना राख्ने युवायुवतीका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले विशेषगरी दलित, आदिवासी जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा विपन्न खसआर्य समुदायलाई लक्षित गरी यस कार्यक्रमको आयोजना गर्न लागेको हो । सामाजिक समावेशिता, समान अवसर र क्षमता अभिवृद्धिलाई मुख्य मर्म मानेर यो कदम चालिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिए ।
“हाम्रो प्रयास गाउँपालिकाभित्रका युवाहरूलाई प्रतिस्पर्धी बनाउने र उनीहरूको भविष्य सुनिश्चित गर्ने दिशामा केन्द्रित छ,” अध्यक्ष मानन्धरले भने, “लोक सेवा तयारी कक्षा उनीहरूको जीवनको महत्वपूर्ण मोड बन्न सक्छ ।”
कार्यक्रमअन्तर्गत सहभागीहरूले लोक सेवा आयोगले सञ्चालन गर्ने प्रारम्भिक तथा मुख्य परीक्षाको तयारी गर्न आवश्यक पर्ने पाठ्यक्रम, अभ्यास, रणनीति र परामर्श सेवा प्राप्त गर्नेछन् । कक्षा पूर्णतः निःशुल्क हुने भएकाले इच्छुक उम्मेदवारहरूलाई समयमै दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले सबै सरोकारवालाहरूलाई सूचना प्रवाहमा साथ दिन आग्रह गर्दै योग्य, इच्छुक र लक्षित वर्गका युवाहरूलाई सहभागिताका लागि प्रोत्साहित गर्न अनुरोध गरेको छ ।
कार्यक्रमको स्थल, समय र दर्ता प्रक्रिया बारे थप विवरण चाँडै सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।
हरिनास गाउँपालिकाको यो कदम ग्रामीण युवाहरूका लागि सपना पुरा गर्ने सीढी मात्र नभई, संविधानले प्रत्याभूत गरेको समानताको अभ्यास समेत बन्ने अपेक्षा गरिएको छ । ग्रामीण भेगका युवायुवतीलाई शहर जानु नपर्ने, अवसर गाउँमै खोज्ने बाटो बनाउने दिशामा यो कार्यक्रम प्रेरणादायी बन्न सक्ने देखिन्छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा