तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना संख्याका आधारमा पाँच प्रमुख जोखिमयुक्त स्थानको पहिचान गरिने भएको छ । विस्तारमा रहेको मुग्लिन पोखरा सडकका कारण तनहुँ खण्डमा दुर्घटना बढेकाले दुर्घटना न्यूनीकरणका लागि पाँच प्रमुख जोखिमयुक्त स्थान पहिचान गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा राजमार्ग सुरक्षा तथा अवरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जोखिमयुक्त स्थान पहिचान गरी प्राविधिक पक्षको अध्ययन गरी सुधारका आवश्यक उपायहरू अवलम्बन गर्न मुग्लिन पोखरा सडक विस्तार आयोजना (पूर्वी) र (पश्चिम) खण्डलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
उनले राजमार्गमा हुने अवरोध समन्वयात्मक रुपमा हटाउन जिल्ला प्रशासन कार्यालय तनहुँबाट तर्जुमा भएको राजमार्गमा हुने अवरोध हटाउने समूह रोष्टर सहितको कार्ययोजना २०८२ स्वीकृत गरिएको बताए । उनले भने, ‘पृथ्वीराजमार्गको तनहुँ खण्डमा पर्ने बढी दुर्घटनाग्रस्त क्षेत्रहरूको तुलनात्मक अवस्थाको विश्लेषण गरी सरोकारवालाहरूको सुझाव अनुसार दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।’
हाल देशभर मनसुनी वायुको प्रभावका कारण मध्यमदेखि भारी वर्षा भइरहेको र आगामी दिनमा समेत वर्षाको सम्भावना रहेकाले पृथ्वीराजमार्गका विभिन्न खण्डहरूमा पहिरो लगायतका जोखिम रहेको जनाइएको छ । यस खण्डका अधिकांश भागमा चार लेन सडक सञ्चालनमा आए पश्चात् सवारी दुर्घटना उल्लेख्य रुपमा बढ्दै गएको र यस्ता दुर्घटना सडकका निश्चित स्थानहरूमा बढी मात्रामा हुने गरेकोले समस्याको अल्पकालीन एवं दीर्घकालिन समाधान खोज्नुपर्ने देखिएको प्रजिअ अधिकारीले उल्लेख गरे ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले रातको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नैपरेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर यात्रा गर्न अनुरोध गरेको छ । वर्षातको समय भएकाले कार्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर मात्रै रातिमा यात्रा गर्न सबैमा आग्रह गरेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बुधबार सूचना जारी गरी पृथ्वीराजमार्ग, डुम्रे बेसीशहर सडकखण्डलगायत स्थानीय ग्रामीण सडकमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउन, सवारी साधन चलाउँदा तोकिएको गतिभन्दा बढी गतिमा नचलाउन, वर्षातको समयमा बाढी पहिरो लगायतका कारण सडकमा अवरोध हुन सक्ने भएकाले आफू पुग्ने गन्तव्यसम्मको बाटोको अवस्था बुझेर यात्रा गर्न अनुरोध गरे ।
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते