सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, कास्कीमा आज बिहान ८ बजेदेखि नै सेवा सुरू

सेवा विस्तार

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, कास्कीमा आज बिहान ८ बजेदेखि नै सेवा सुरू

dao kaski

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय विस्तार गरेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेकाले कार्यालयले आज बिहान ८ बजेबाटै सेवा सुरु गरेकोछ।

सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान छ। यस वर्षदेखि नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउने सर्वसाधारणको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ।

सेवाग्राहीको अत्यधिक चापका कारण सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएपछि समय विस्तार गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। सूचनाअनुसार, साउन २२ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइनेछ। यो व्यवस्थाले सेवाग्राहीलाई सहज रूपमा सेवा लिन सजिलो हुने विश्वास प्रशासनको छ।

कार्यालयका अनुसार बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि भत्ता नवीकरण हुने व्यवस्था छ। तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका सेवाग्राही पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थप बढेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ