स्याङ्जा जिल्ला अदालतमा विभिन्न म्याद र जरिवाना तोकिएका फरार अभियुक्तहरूलाई प्रहरीले विशेष अपरेसनमार्फत पक्राउ गरी न्यायिक प्रक्रियालाई अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले अदालतमा पञ्जीकरण सम्बन्धी कसूर मुद्दामा फरार रहेकी स्याङ्जा वालिङ नगरपालिका –७ की ३४ वर्षीया लक्ष्मी खड्कालाई पक्राउ गरेको हो । उनी २०८० पुस १९ गते दर्ता भएको मुद्दापछि फरार थिइन् ।
टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका –८ चिप्लेढुङ्गाबाट लुकीछिपी बसेको अवस्थामा २०८२ साउन २२ गते पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
त्यसैगरी, अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा चार सय रुपैयाँ जरिवाना तोकिएर फरार रहेका स्याङ्जा पुतलीबजार नगरपालिका –७ का २५ वर्षीय सागर परियारलाई पनि सोही दिन विशेष टोलीले नियन्त्रणमा लिई जरिवाना असुलका लागि अदालतमा उपस्थित गराइएको छ ।
फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराउनुले न्यायिक प्रक्रिया चुस्त, दुरूस्त र प्रभावकारी ढंगले अघि बढ्न थालेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरीका अनुसार, कानूनको कार्यान्वयनमार्फत सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा प्रहरी प्रतिबद्ध रहेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ