स्याङ्जा जिल्ला अदालतमा परेका मुद्दामध्ये आधाभन्दा धेरै सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी रहेका छन् ।
अदालतमा आर्थिक वर्ष २०८१/८२ मा दर्ता गरिएका १००७ मुद्दामध्ये ५२१ मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेका श्रेष्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए । अदालतमा दर्ता भएका नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् ।
पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ६०८ मुद्दा रहेकोमा अब ९० मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । यस्तै, पुराना जिम्मेवारीसहित वैवाहिक सम्बन्ध अन्त्यका १०१ मुद्दा रहेकोमा अब २४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा अदालतमा दर्ता भएका नयाँ मुद्दामा ६६ वटा अंशबण्डा, २२ वटा मानाचामल, लेनदेन ३० वटा, चेक अनादर र लिखित बदर १७/१७ वटा, घरेलु हिंसा ४, जालसाजी २५, जबरजस्ती करणी १७, बहुविवाह २, किर्ते २, लागू औषध १६, चोरी १७, कर्तव्य ज्यान १४, अभद्र व्यवहार ९, जग्गा सम्बन्धी १३, बैंकिङ कसुर १४ र अन्य (निषेधाज्ञा, वन सम्बन्धी मुद्दा, पुनरावेदन, जुवातास, मिलापत्र बदर, हातहतियार, दामासाही आदि) ११६ गरी एक हजार ७ वटा मुद्दा रहेका छन् ।
पुरानो जिम्मेवारी र नयाँसहित एक हजार ३५९ मुद्दा रहेकोमा एक हजार ४४ अर्थात् ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार शर्माले बताए । उनले हाल ३१५ मुद्दा मात्र बाकी रहेको बताउँदै दुई वर्षभन्दा बढी पुराना मुद्दा कुनै पनि नरहेको जानकारी दिए ।
बिहीबार आयोजित कार्यक्रममा न्यायाधीश वासुदेव पौडेलले आर्थिक वर्ष ८१/८२ मा ६८ प्रतिशत मुद्दा फस्र्यौट गर्ने लक्ष्य राखिएकोमा झण्डै ९ प्रतिशत धेरै ७६.८२ प्रतिशत मुद्दा फस्र्यौट गर्न अदालत सफल भएको उल्लेख गर्दै मुद्दा फछ्र्यौटका आधारमा स्याङ्जा अदालत गण्डकी प्रदेशमै उत्कृष्ट अदालत बन्ने सफलता समेत हात पारेको बताए ।
न्यायाधीश पौडेलले अदालतका कामकारबाहीबारे नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, सहि कामको प्रशंसा र त्रुटिपूर्ण कामको स्वस्थ आलोचना गरिदिन आग्रह गरे ।
न्याय सम्पादनलाई प्रभावकारी बनाउन सुझाव र सल्लाह दिन समेत आग्रह गर्दै उनले भने, “सार्वजनिक सहभागिता र पत्रकारको सहयोगले स्याङ्जा अदालत गण्डकी प्रदेशभरकै उत्कृष्ट बन्न सफल भएको हो ।”
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ