स्याङ्जाको वालिङमा भएको स्कुटर चोरी प्रकरणमा संलग्न एक युवकलाई प्रहरीले चोरी गरिएको स्कुटर र मोबाइलसहित पक्राउ गरेको छ ।
वालिङ नगरपालिका –८ डुम्रीकोटबाट यहि साउन २० गते राति करिब १:३० बजे ग ११ प ६०२५ नम्बरको होंडा डिओ स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानमा जुटेको वडा प्रहरी कार्यालय वालिङको टोलीले साउन २३ गते सोमबार उक्त चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्वत जिल्लाको बिहादी गाउँपालिका –३ रातामाटा स्थायी बसोबास गर्दै आएका २६ वर्षीय राजकुमार परियार रहेका छन् । उनलाई स्याङ्जा जिल्लाको वालिङ नगरपालिका –१० स्थित गाहाखोलाबाट नियन्त्रणमा लिई सोधपुछका क्रममा स्कुटर वालिङ –१४ फुलबारीमा लुकाई राखेको खुलाएपछि प्रहरी टोलीले सोही स्थानबाट हराएको स्कुटर फेला पार्न सफल भएको छ ।
पक्राउ परेका परियारको साथबाट चोरी गरिएका थप सामग्रीहरू समेत बरामद गरिएको छ । प्रहरीले उनलाई साथमा रहेको रेड्मी कम्पनीका दुई थान र रियलमी कम्पनीको एक थान गरी जम्मा तीन थान मोबाइल पनि विभिन्न स्थानबाट चोरी गरेको आरोपमा बरामद गरेको जनाएको छ ।
हाल उनलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार यस घटनाले चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न अपराधीहरू प्रहरीको निगरानीबाट उम्कन नसक्ने सन्देश दिएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा