पोखरा । अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण बिहीबारदेखि यातायात सेवा रोकिएको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग अवरुद्ध हुँदा मुक्तिनाथ तथा दामोदर कुण्ड दर्शनका लागि जाने यात्रुहरुलाई समस्या भएको छ ।
बेनी-जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिका-३ बैसरीमा सडक माथिबाट झरेको पहिरोले गर्दा ५० मिटर जति सडक अवरुद्ध भएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।
सडक खुलाउने प्रयास गरिएको भए पनि लगातारको वर्षाले गर्दा असहज भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका-३ दानका पर्यटन व्यवसायी समेत रहेका शेरचनले भने, ‘पानी परिरहेको अवस्थामा कुनै पनि समय सडक अवरुद्ध हुन सक्छ, यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु उचित हुनेछ ।’
बेनी-दरवाङ सडक खण्डको बेनी नगरपालिका-४ धुमाउने भीर र मालिका गाउँपालिका-६ बांगे पहिरोमा अति जोखिम अवस्था रहेको समेत प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर