पोखरा नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा–३ नदिपुरमा पहिलो पटक तायाः मचाः नृत्य प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितिले यसै वर्षदेखि नाच देखाउन शुरु गरेको हो ।
वडा नम्बर ३ को कार्यालयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भीसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मिन मार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समितिका अध्यक्ष गौतम उदासले जानकारी दिए ।
तायमचा नाचमा नृत्य गर्नेहरूमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्धा, निया घर्ति, मिजास उदास रहेका थिए । बाद्य वादनमा प्रसिद्ध उदास, सरोज जलारी, समिर उदास, सफल द्धा, शैलेस ताम्राकार, निर्जला ताम्राकार सहभागी थिए ।
हालै मात्र गौतम उदासको अध्यक्षतामा नदिपुर तायमचा समिति स्थापना भएको हो । युवा पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउन स्थापित समितिको उपाध्यक्ष रवि उदास, सचिव सकेन्द्र ताम्राकार, कोषाध्यक्ष नारायण प्रसाद द्धा, सहसचिव शान्ती श्रेष्ठ उदास रहेका छन् । सदस्यहरूमा लक्ष्मी ताम्राकार, गोविन्द पराजुली, राजेन्द्र जलारी, प्रेम पुन, सुन्दर श्रेष्ठ, सुनिल थापा, राजु कायस्थ, विन्दु पाण्डे, पुष्प उदास, सुदर्शन न्हुच्छे प्रधान, जितेन्द्र ताम्राकार, शिवराम श्रेष्ठ रहेका छन् ।
समितिका सल्लाहकारहरूमा श्रीकृष्ण कतिला, प्रकाश घिमिरे, अनुप बराल, बसन्त उदास, गोविन्द ताम्राकार, आनन्दमान ताम्राकार, दिलिप गिरी, मुकुन्दराज राजभण्डारी, सनकमान सिके, शान्तिदेवी पराजुली, सवि परियार, नविन आले रहेका छन् ।नदिपुर तायमचा समितिले देखाएको नाच साउन ३१ गते शिशुवामा हुने तायमचा नृत्य प्रतियोगितामा सहभागी हुने अध्यक्ष उदासले बताए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो