खोलाले मोटरसाइकलसहित बगाउँदा युवती बेपत्ता, पुरूषको उद्धार

खोलाले मोटरसाइकलसहित बगाउँदा युवती बेपत्ता, पुरूषको उद्धार

khola_bepatta

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१मदन भण्डारी लोकमार्गस्थित दूध खोलाले बगाई बेपत्ता भएका दुईमध्ये एक जनाको उद्धार गरिएको छ।

बेपत्ता भएकाको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सुनसरीको चतरातर्फ आउँदै गरेको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका–१६ भानुचोक बस्ने ४३ वर्षीय जीवन राई र १९ वर्षीया अनिता राईलाई उक्त खोलाले बगाएको हो ।

उनीहरूमध्ये जीवन राईलाई जीवितै उद्धार गरी उपचारको लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान घोपा सुनसरीमा पठाइएको छ भने बेपत्ता अनिता राईको खोजीकार्य भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्धारका लागि परिचालन भएको छ।

डीएसपी थापाका अनुसार उद्धार गरिएका जीवन राइको अवस्था भने जटिल रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ